काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुङ्गो लगाउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनकाअनुसार बैठकले उम्मेदवार टुङ्ग्याउनुका साथै निर्वाचनसम्बन्धी आवश्यक निर्णय पनि लिने छ । उक्त पार्टीले यसअघि हिजो स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको थियाे ।
सत्ता गठबन्धनका दलहरूले बुधबार नै ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिट बाँडफाँट गरेका छन् ।