×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन सम्पन्न,भण्डारीको नेतृत्वमा नयाँ समिती घोषणा

गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन सम्पन्न,भण्डारीको नेतृत्वमा नयाँ समिती घोषणा

जापान । बिभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहनुभएका गुल्मी जिल्लाको सत्यवती गाउँपालिका बासी एकिकृत भएर गठन भएको गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर ९ तारिख आईतवार टोकियोमा प्रथम केन्द्रिय अधिवेशन गरी गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डलले यो संस्था आधिकारिक भएको घोषणा गरेको हो । 

जापानमा बढ्दोक्रममा रहेको सत्यवती जनमानसको एक सांगठनिक केन्द्रको आवश्यकतालाई महसुस गरी सूचना संप्रेषण र पूर्ण प्रक्रियागत पद्दतिको अनुशरण गरी पूर्ण आधिकारिक कार्यसमिति नभएको भन्दै तदर्थ समिति गठन गरी अधिवेशनको मिति तय गरेर गुल्मेली समाज जापानको प्रमुख संरक्षकत्वमा जापानको टोकियोमा गुल्मी सत्यवती समाज जापानको प्रथम अधिवेशनले मदन भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । 

गुल्मेली समाज जापानको अध्यक्ष  महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता एवंम संस्थापक अध्यक्ष बाबुराम भण्डारी ,निवर्तमान अध्यक्ष शालिकराम भण्डारी,गुल्मेली समाज जापानका सल्लाहकार तथा एनआरएनए जापानका  वरिष्ठ उपाध्यक्ष टिकाराम खरेल , गुल्मेली समाज जापानका संस्थापक सचिव तथा वर्तमान सल्लाहकार कुलचन्द्र खरेल, गुल्मेली समाज जापानका सल्लाहकार शंकर सापकोटा (गुणराज),सल्लाहकार हरिकला खरेल,तथा गुल्मेली समाज जापानका केन्द्रिय पदाधिकारी उपाध्यक्ष कृष्ण बावु पोख्रेल र फर्शुराम न्यौपाने ,युवा संयोजक निर्मल शर्मा ढकाल तथा निवर्तमान  कान्तो संयोजक कृष्ण भण्डारी (भर्चुअल उपस्थिती),तथा सत्यवती गाउपालिका अध्यक्ष टिकाराम पाण्डे (भर्चुअल उपस्थिती) र जापानमा रहेका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका प्रतिनिधि लगायतको विशेष आतिथ्यता तथा सत्यवती बासीहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रम गुल्मी सत्यवती समाज जापान तदर्थ समिति उप संयोजक अर्जुन ज्ञवालीको अध्यक्षता एवम गुल्मेली समाज जापान कान्साईका सचिव दिपक पान्डेयको सञ्चालनमा सम्पन्न भएको थियाे ।  उपस्थित सम्पुर्ण अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद दिदै घनश्याम विश्वकर्माले  शुभकामना मन्तव्य दिनुभएको थियाे ।

जापानमा सत्यवती समाज गठन कार्य विलम्व भएको ठहर गर्दै विगत देखि संस्था गठन गर्ने प्रक्रिया भएतापनी प्रक्रियासंगत र आधिकारिक पद्दती अनुशरण गरी यसपाली गुल्मेली समाज जापानलाई संरक्षकको गरिमामय भुमिकामा राख्दै सत्यवतीवासीहरुको  साझा प्रयासले गर्दा गुल्मी सत्यवती समाज  जापान गठन गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिनुहुदै गुल्मेली समाज जापान हरेक तवरबाट अभिभावकत्व ग्रहण गर्दै कुशल संरक्षकत्व निर्वाह  गर्दै सहकार्य र सहजिकरणको  पथप्रर्दशकको रुपमा रहने आश्वासन समेत व्यक्त गर्नुभयो १यसै अवसरमा कार्यक्रममा आगन्तुक संस्थापक अध्यक्षदेखि गुल्मेली समाज जापानको विभिन्न पदमा रहि काम गर्दै आउनुभएका व्यक्तित्व र अन्य सामाजिक संस्थाका प्रतिनिधिज्यूहरुले पनि गुल्मेली समाज जापानलाई संरक्षकको गरिमामय भूमिकामा राखि सौहार्दपूर्ण वातावरणमा जापानमै गाउपालिका स्तरिय पहिलो संगठनको रुपमा गुल्मी सत्यवती समाज जापान गठन हुनु निकै उत्साहजनक कुरा रहेको  र सदैव सहकार्य गरि अघि बढ्ने आश्वासनको साथै समाज दिगो र अनुकरणीय बनोस् भन्ने शुभकामना मन्तव्य दिनुभएको  थियो।

नवनिर्वाचित कार्यसमिती 
प्रमुख संरक्षकःगुल्मेली समाज जापान 
वरिष्ट सल्लाहकारः कृष्ण भण्डारी
सल्लाहकारः निर्मल शर्मा ढकाल, भानु राना, मोहन कुवर 
आर्थिक सल्लाहकारः ईश्वरी ढकाल (कमल), ईश्वरी ढकाल 

अध्यक्षः मदन भण्डारी
वरिष्ट उपाध्यक्षः दिपक पाण्डे
उपाध्यक्षः अर्जुन ज्ञवाली र साेमनाथ ज्ञवाली 
महिला उपाध्यक्षः  तुलसी सेन ठकुरी 
महासचिनः  खिमराज पाण्डे
सचिवः विष्णु क्षेत्री, गाेविन्द शाही ठकुरी र एलन भण्डारी
कोषाध्यक्षः छवि राना 
सह- कोषाध्यक्षः जिवलाल सुनार
प्रवक्ताः घनश्याम विश्वकर्मा
युवा संयोजकः मनोज थापा

सदस्यहरू : सन्तोष भण्डारी,अमित पाण्डे,सरिता भण्डारी,कल्पना भण्डारी,सविता भण्डारी,कुमार गाहा,विष्णु प्रसाद उपाध्यया(गोकुल),कमल भण्डारी,वसन्त पाण्डे क्षेत्री,जिवन भण्डारी,रोशन ज्ञवाली,सुरज भण्डारी, संकर भण्डारी । 

कुल २६ सदस्य कार्यसमिति गठन भएको छ भने प्रथम कार्यसमिति वैठक ले थप गृहकार्य गरी बढिमा ३ जना सदस्य थप गरी २९  सदस्यीय कार्यसमिति पूर्णता दिने तथा आवश्यकता अनुरुपको मनोनय र विशिष्ट कार्यसमिति गठन गर्ने तयारी रहेको अध्यक्ष मदन भण्डारीले  जानकारी दिनुभएकाे छ ।

गुल्मेलीवासी सम्पुर्णलाई यो स्वर्णिम अवसरमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष अर्जुन ज्ञवालीले  गुल्मी सत्यवती समाजको औचित्य र आगामी कार्यदिशा प्रस्तुत गर्दै कार्यक्रमको सफल समापन भएको घोषणा गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्