×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वास्थ्यका ५ उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ?

स्वास्थ्यका ५ उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ?

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ५ जना उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रायका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रालयमा लामो समयदेखि रिक्त रहेको समन्वय महाशाखामा डा. सञ्जयकुमार ठाकुरलाई ल्याइएको छ।

ठाकुर यसअघि यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक थिए। राष्ट्रिय क्षेयरोग नियन्त्रण केन्द्रमा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव रीता जोशीलाई ल्याइएको छ।

त्यस्तै मन्त्रालयमा फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा पठाइएको छ। हेटौँडास्थित राष्ट्रिय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा. विश्वबन्धु बगालेलाई लगिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालय तानिएको छ।

प्रतिकृया दिनुहोस्