×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २५५२ जना कोरोनामुक्त‚ १६०३ मा संक्रमण‚ २७ को मृत्यु

थप २५५२ जना कोरोनामुक्त‚ १६०३ मा संक्रमण‚ २७ को मृत्यु

पछिल्लो २४ घण्टायता नेपालमा थप थप २ हजार ५ सय ५२ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख ९ हजार २ सय १८ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ७८ पीसीआर परीक्षणका क्रममा १ हजार ४२ र ३ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा थप ५६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म नेपालमा ३३ लाख ६८ हजार ५४२ वटा पिरिआर र २ लाख ४ हजार २ सय ४८ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्