×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० विश्वकप २०२६ का लागि नेपाली टोलीको घोषणा: शेर र वसिर समेटिए

टी-२० विश्वकप २०२६ का लागि नेपाली टोलीको घोषणा: शेर र वसिर समेटिए

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ।

आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरिएको हो। टोलीको उपकप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाएका छन्।

अनुभवी र युवा खेलाडीहरूको सन्तुलन मिलाएर बनाइएको यस टोलीबाट विश्वकपमा आक्रामक र उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। नेपालले समूह चरणमा विश्वका बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

घोषित नेपाली टोली:

  • रोहित पौडेल (कप्तान)
  •  दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
  • सन्दीप लामिछाने
  • कुशल भुर्तेल
  • आसिफ शेख
  •  सुन्दीप जोरा
  • आरिफ शेख
  •  बशीर अहमद
  • सोमपाल कामी
  •  करण केसी
  • नन्दन यादव
  •  गुल्सन झा
  •  ललित राजवंशी
  • शेर मल्ला
  • लोकेश बम
  •  

प्रतिकृया दिनुहोस्