काठमाडाैँ - संसारभर महामारीका रूपमा फैलिइरहेकाे काेराेना भाइरसवाट संक्रमित हुनेकाे संख्या हरेक दिन बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गौतमका अनुसार १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
थप १८ जनाको मृत्यु
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । थप १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या हालसम्म ३ हजार १९४ पुगेको छ ।