×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए निर्वाचन : सात देशमा निर्विरोध अध्यक्ष चयन, कहाँ को को निर्वाचित ?

एनआरएनए निर्वाचन : सात देशमा निर्विरोध अध्यक्ष चयन, कहाँ को को निर्वाचित ?

जापान ।  गैर आवासिय नेपाली संघ अन्तर्गत विभिन्न देशमा गठन भएका राष्ट्रिय समन्वय परिषद को निर्वाचनले विभीन्न देशमा माहोल तातिएको छ । कतिपय देशमा निर्विरोध समितिहरु बनेका छन् भने कतिपय देशमा अनलाईन मार्फत निर्वाचन गर्ने गरि मिति तय भएका छन् ।

यो समाचार तयार पार्दा सम्म हामीलाई जानकारी भए अनुसार ७ ओटा देशहरुमा गठित राष्ट्रिय समन्वय परिषदको निर्विरोध समिती बनेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको २ वटा समानान्तर समिती गठन गरि एक अर्कामा आधिकारिकताको प्रश्न उठिरहेका बेला युरोप र अफ्रिका का केहि देशहरुमा गठित राष्ट्रिय समन्वय परिषदको निर्विरोध नेतृत्व चयन गरि अबिधेशन सम्पन्न भएका छन् ।

गत जुलाई १३ तारिख आईतवार ६ वटा देशमा र १४ तारिख सोमबार एक वटा देशमा अधिवेशनहरु सम्पन्न भएका हुन् । जुलाई १३ तारिख सम्पन्न भएको अधिवेशनवाट चेक गणतन्त्रमा छबिलाल कडेल, युगान्डामा रमा अर्याल, फ्रान्समा मिन बहादुर श्रेष्ठ, साउथ सुडानमा राम प्रसाद उपाध्याय, स्विजरल्याण्डमा विष्णु प्र थापा र न्युजील्याण्डमा डा अच्युतअर्याल निर्विरोध अध्यक्षमा चयन भएका छन् भने १४ तारिख सोमबार सम्पन्न अबिधेशनवाट हगेरीमा नारायण प्रसाद भण्डारी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । साउथ सुडानमा विगत १० बर्षदेखि निष्क्रिय रहेको समितिलाई पुर्न गठन गरि नयाँ समिति बनाईएको हो । 

कहाँ को को निर्वाचित 

चेक गणतन्त्र 

अध्यक्ष :  छबिलाल कंडेल
वरिष्ठ उपाध्यक्ष :  अनिल लामा, 
उपाध्यक्षहरू :  पार्वती ढुंगाना, कैलास महतो र रमेश महत, 
महिला उपाध्यक्ष :  सुस्मीता रायमाझी, 
युवा उपाध्यक्ष :  त्रिलोकसिंह धामी, 
महासचिव :  विनोद रिमाल, 
सचिवहरू  :  सुमन थापा, समिर अधिकारी, जयन्द्र गुरुङ, 
महिला सचिव :  शिरिशा आचार्य, शोभा तिवारी कार्की, 
युवा संयोजक :  किशोर श्रेष्ठ, 
युवा सहसंयोजक :  रामबहादुर रायमाझी, 
महिला संयोजक :  रन्जना चौधरी, 
महिला सहसंयोजक :  संगिता खत्री, 
कोषाध्यक्ष :  केशवराज धिताल 
सहकोषाध्यक्ष :  रिसीराम गिरी
कार्यसमिति सदस्य :  ज्ञानेश्वर अर्याल, घनश्याम पाण्डे र दिनेश थापा 
आइसीसी सदस्य :  डा. गिरिस कंडेल 

युगान्डा

अध्यक्ष :  रमा अर्याल 
वरिष्ठ उपाध्यक्ष : राजु थापा 
उपाध्यक्ष :  तारा (इन्दु) गिरी, 
महासचिव : मालती राना मगर, 
सचिव :  मुकेश मेहता, 
कोषाध्यक्ष :  बालकृष्ण सुनार, 
प्रवक्ता :  हरि कटुवाल
युवा संयोजक:  टोप बहादुर आले
 कार्यसमिति सदस्यहरू :  शाहीर कंडेल, सन्तोष विश्वकर्मा, नरेन्द्र शाही र गोविन्द भट्ट

फ्रान्स

अध्यक्ष :  मिन बहादुर श्रेष्ठ
उपाध्यक्ष :  लाल बहादुर सोडारी चन्द, 
महिला उपाध्यक्ष :  निर्मला शाही, 
महासचिव :  राजु बस्नेत खप्तडी,
 कोषाध्यक्ष:   निरज सोडारी चन्द 
महिला प्रतिनिधि : यामकला पौडेल
युवा प्रतिनिधि :  मान बहादुर बिक
सदस्यहरू :  सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन 
आईसीसी सदस्य :  लोक बहादुर पुन

साउथ सुडान 
अध्यक्ष :  राम प्रसाद उपाध्याय 
उपाध्यक्ष :  ईश्वर प्रसाद सिग्देल र रुक्मागत उपाध्याय
महासचिव :  बलराम दाहाल
सचिव : रमेश बहादुर खत्री
कोषाध्यक्ष : आनन्द बाबु श्रेष्ठ
प्रवक्ता : राजदीप गुरुङ
युवा संयोजक :  हीरा सिंह पौडेल क्षेत्री
सदस्यहरू:  प्रकाश राज भण्डारी, रामेन्द्र प्रसाद यादव, विक्रम रवि राना, बेद बहादुर चौधरी, लक्ष्मी प्रसाद ओख्रावु, तिलक रोका, मनबहादुर सार्की, कृष्णबहादुर नेपाली।
आइसीसी सदस्य :  बाबुराम गौतम (प्रस्तावित)

स्विट्जरल्यान्ड

अध्यक्ष :  बिष्णु प्रसाद थापा 
उपाध्यक्ष :  जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन, तथा कोषाध्यक्षमा बिनु सुनवार
युवा संयोजक :  आशिष परियार, महिला संयोजकमा बन्दना प्रजापति, तथा सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी
आईसीसी सदस्य :  शुभ एल्मर लामा

न्यूजील्याण्ड
अध्यक्ष : डा.अच्युत अर्याल
उपाध्यक्ष :   ताक बी गुरु (उत्तर)  कृष्ण भण्डारी (दक्षिण)

महासचिव : कमल बासेल (नरहरी), 
सचिव : सुरेश बुढा थापा (उत्तर) मिलन जीसी (दक्षिण)

कोषाध्यक्ष :  डा. सुलभ पौडेल र सह–कोषाध्यक्षमा हरि ओम सापकोटा 
प्रवक्ता :  डा. प्रक्षित निरौला 
महिला संयोजक :  नमिता दवाडी
कार्यसमिति सदस्य:  विद्या अधिकारी ९न्यु प्लाईमाउथ०, रामचन्द्र अर्याल र अनिशा शर्मा ९अकल्याण्ड०, सीमा थापा ९ह्यामिल्टन०, डा। गोविन्द निरौला ९वेलिङ्टन०, सुरेश लामा ९क्राइस्टचर्च०, संजय तामाङ ९एशबर्टन०, डा। अशिक बान्स्टोला ९डुनेडिन०, रबिन पुन ९गोर०, डा। उज्वल बस्ताकोटी ९इनभरकार्गिल०
अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य   : टीका राम गिरी

 हंगेरी 

 अध्यक्ष : नारायण प्रसाद भण्डारी
वरिष्ठ उपाध्यक्ष : डा राम रोक्का, 
उपाध्यक्ष : अशोक लकान्द्री, 
महासचिव : संजय कार्की, 
सचिव : राजन प्रसाद तिमिल्सिना, 
कोषाध्यक्ष : लिलाधर भण्डारी ९बिनोद०
सह–कोषाध्यक्ष : जीवन कामी
महिला संयोजक  : सुनीता बस्नेत रोक्का
युवा संयोजक  :  बिनोद बाबु कडायत 
सदस्यहरू  :  हिरा दमाई, बिरेन्द्र थापा, बाल मुकुन्द भण्डारी, बकाश बज्राचार्य र सनम शेर्पा ९विद्यार्थी प्रतिनिधि० 

प्रतिकृया दिनुहोस्