×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उत्तराखण्डका मुख्यमन्त्री धामी र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेटघाट

उत्तराखण्डका मुख्यमन्त्री धामी र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेटघाट

धनगढी - भारत उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीसँग सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोलीले भेट गरेको छ ।

सोमबार समिति सभापति हर्कहादुर कुँवर नेतृत्वको संसदीय टोलीले मुख्यमन्त्री धामीसँग भेट गरेको हो ।

भेटमा मुख्यमन्त्री धामीले नेपाल र भारतको सम्बन्ध रोटी-बेटीको रहेको बताए । दुवै देशको परम्परा र संस्कृति एउटै रहेको भन्दै उनले सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने  बताए ।

भेटमा समितिका सदस्यहरू महेशदत्त जोशी, भरतबहादुर खडकालगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस्