×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए आईसीसी अध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसी अध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा

जापान ।  एनआरएनए आईसीसीको अध्यक्ष पदमा जापानबाट रोविन शेरचनले उम्मेदवारी घोषणा गर्नुभएको छ। आगामी फेब्रुअरी २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने एनआरएनए आईसीसीको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि शेरचनले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनएका उपाध्यक्षसमेत रहनुभएका शेरचनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै भौतिक निर्वाचन नै एनआरएनएको एकता र विश्वसनीयताको आधार भएको कुरामा जोड दिनुभएको छ। उम्मेदवारी घोषणा गर्दै शेरचनले आसन्न निर्वाचन पूर्ण रूपमा भौतिक हुनुपर्ने माग गर्नुभएको छ। विगतमा अपनाइएको डिजिटल तथा अनलाइन भोटिङ प्रणालीले एनआरएनएलाई एकताबद्ध गर्नुभन्दा विभाजनतर्फ धकेलेको दाबी गर्दै उहाँले भौतिक मतदान हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

भौतिक रूपमा मतदान हुँदा निर्णय प्रक्रियामा पारदर्शिता कायम हुने, मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवाद बढ्ने तथा आर्थिक गतिविधि समेत चलायमान हुने विश्वास शेरचनले व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्