×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

पत्रकार महासंघ जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पत्रकार महासंघ जापानको  अधिवेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

टोकियो । नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि नेपाल सन्देश डटकमका प्रधानसम्पादक श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् । यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । 

चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए । यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् । महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् ।

यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यल ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो । नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।
 

प्रतिकृया दिनुहोस्