×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

अर्घाखांची समाज जापानको छैटौं अधिवेशन जनवरी दुई मा हुने

अर्घाखांची समाज जापानको छैटौं अधिवेशन जनवरी दुई मा हुने

जापान । अर्घाखांची समाज जापानको छैटौं अधिवेशन जनवरी दुई मा हुने भएको छ । जापानमा रहेका अर्घाखांचीबासीहरुलाई एकिकृत गर्ने उद्देश्यले सन् २०१५ मा स्थापना भएको समाजले टोकियोको शिन ओकुबाेस्थित रोयल गार्डेनमा आफ्नो छैटौं अधिवेशन गर्न लागेको समाजका अध्यक्ष कृष्ण केसी जानकारी दिनुभयो ।

अधिवेशनमा संस्थाले २ वर्ष भित्र गरेका आर्थीक, प्रगती, र सांगठानीक प्रतिवेदन प्रस्तुत गर्ने समाजका महासचिव अर्जुन आचार्यले जानकारी दिनुभयो । समाजले जापानमा रहेका जिल्लाबासी संगै अर्घाखाचीमा रहेका नेपालीलाई समेत भैपरी र अप्ठ्यारो पर्दा आर्थिक, भौतिक र सामाजिक रुपले सहयोग गर्दै आएको छ । 

छैटौं अधिवेशनले आगामी २ वर्षको लागी नयां कार्यसमिती चयन गर्नेछ । जसको निर्वाचन समितीमा समाजका संरक्षक बाबुराम पौडेल संयोजक रहेको ३ सदस्यीय समिती समेत गठन भएको छ । जसको सदस्यमा समाजका संरक्षक दीपक थापा र सल्लाहाकार हरी पन्थी रहनु भएको छ । 

४ जनाले समाजको आगामी नेतृत्वको आकांक्षी राखेको भएपनी सर्वसम्मत गराउने प्रयास भएको निर्वाचन संयोजक पौडेलले बताउनुभयो । समाजको नेतृत्व गर्न खोज्नु सकरात्मक भएपनि समाजलाई सक्रिय र समय दिन सक्ने व्यक्ती नै अध्यक्ष बन्ने सबैले माग रहेको छ ।

प्रतिकृया दिनुहोस्