×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मानव शरीरमा प्रयोग नहुने ६ अङ्गहरू के के हुन् ?

मानव शरीरमा प्रयोग नहुने ६ अङ्गहरू के के हुन् ?

काठमाडौँ- हामी सबैलाई मानवशरीरमा अपेन्डिक्स प्रयोगहीन अङ्ग हो भन्ने थाहा छ । उक्त अङ्ग मानवजातिको क्रमविकास हुँदै जाँदा प्रयोगहीन भएर अवशेषका रूपमा शरीरमा बाँकी छ । तर के तपाईँलाई हाम्रो शरीरका केही अन्य अङ्ग र भाग पनि प्रयोगहीन छन् भन्ने थाहा छ ?

प्रयोगहीन अङ्ग के के हुन् ?

१.भ्रूणको पुच्छर

गर्भ बसेको केही हप्तामै भ्रूणको पुच्छर विकसित हुन्छ । तर जन्मअघि त्यो पूच्छर हराउँछ । मेरुदण्डको फेदमा बाँकी हड्डी जोडिँदा पुच्छ्रे हाड बन्छ ।

२. बुद्धी बङ्गारा

हाम्रो खानपानमा परिवर्तन आएको छ । नरम र पकाएको खानेकुराका कारण बुद्धी बङ्गाराको प्रयोग घट्न थालेको छ । अहिले सबै मानिसमा बुद्धी बङ्गारा हुन्छ भन्ने हुँदैन । यदि छ भने पनि धेरै चिकित्सकले त्यसलाई फुकारलेर फ्याल्ने सुझाव दिन्छन् ।

३.कानको मांसपेशी

अन्य स्तनधारीले कान हल्लाउन यी मांसपेशीको प्रयोग गर्छन् । त्यसो गर्दा तिनलाई आफ्नो शिकार पत्ता लगाउन सहज हुन्छ । तर लामो घाँटी हुने मानवजातिलाई त्यसको आवश्यक छैन ।

४.प्याल्मरिस लङ्गस

यो मांसपेशी नाडीबाट कुहिनोसम्म फैलिएको हुन्छ । रुख चड्नको लागि हाम्रा पुर्खाहरुलाई यो निकै आवश्यक थियो । तर अहिले झण्डै १० प्रतिशत मानिसमा यो भाग हुँदैन ।

५. एरेक्टर पिली

हाम्रो पुर्खाको शरीरमा भेरै रौँ हुने गरेको बेलामा यी मांसपेशीले तिनलाई अझै भीमकाय देखिने बनाइदिन्थे । अहिले ती मांसपेशी खुम्चिँदा सिरिङ्ग र काँडा उम्रेजस्तो हुन्छ ।

६. पुरुषको स्तनमुख

सबै भ्रूण प्रारम्भिक चरणमा उसैगरी विकसित हुन्छन् । पुुरुषका यौनाङ्ग बन्न हर्मोन आउनुभन्दा अगाडि नै पुरुषभ्रूणको शरीरमा स्तनमुख विकाश भइसक्छ ।

प्रतिकृया दिनुहोस्