टोकियो । प्रवास नेपाली सम्पर्क विभाग जापानको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा प्रतिनिधिसभा सदस्य बसुमाया तामाङसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम टोकियोस्थित चौतारो हलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोजेन्द्र सुबेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव फणिन्द्र शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका कुलचन्द्र खरेल, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख दिलेन्द्रप्रसाद जोशी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत हरीहरकान्त पौडेललगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो।
अन्तरक्रियाका क्रममा जापानमा रहेका नेपाली समुदायले उठाएका विभिन्न प्रश्न, जिज्ञासा र सुझावको सांसद बसुमाया तामाङ र दीपक बोहोराले स्पष्ट र खुला रूपमा जवाफ दिँदै प्रवासी नेपालीका भावना, अपेक्षा र सरोकारलाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले नेपाल र प्रवासबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता संवादमूलक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
यसै अवसरमा प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समिति (२०२६-२०२८) को अधिवेशनसमेत सम्पन्न भएको सहसचिव फणिन्द्र शर्माले जानकारी दिनुभयो। बन्दसत्र निर्वाचन समितिका संयोजक तथा विभागका उपप्रमुख भोजेन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। निर्वाचन समितिका सदस्य रामु खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य–सचिव फणिन्द्र शर्माले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभागका केन्द्रीय प्रमुख दीपक कार्की, प्रवक्ता अरमान गुरुङ तथा सचिवालय सदस्य कमला काप्रीले नवगठित कान्तो समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
निर्वाचन समितिका संयोजक भोजेन्द्र सुबेदीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने प्रतिनिधिसभा सदस्य बसुमाया तामाङले निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो।
अध्यक्ष: विशाल बिके
उपाध्यक्ष: रमेशराज भट्ट
सचिव: संगम बाबु अङ्गाई
कोषाध्यक्ष: सिजन लम्साल
प्रवक्ता: शिवहरी परियार
युवा संयोजक: उदय गुरुङ
सदस्यहरू:
सरिता कँडेल, प्रविण जंग थापा, रमेश आचार्य (प्रविण), विश्वप्रताप बुढा, ज्ञानु पौडेल चालिसे, सन्दीप सुबेदी, कुशल भण्डारी, विष्णु थापा, प्रेम शर्मा, टोपलाल गौतम, सञ्जय सहानी, निर्मल चन्द तथा गोपालप्रसाद कँडेल।
कार्यक्रममा सहभागीहरूले नवगठित कान्तो क्षेत्रीय समितिले जापानमा रहेका नेपाली समुदायलाई संगठित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विचार, नीति र संगठन विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। अन्तरक्रिया, संगठन विस्तार र नेतृत्व चयनलाई एकैसाथ समेटिएको यो कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।