टाेकियाे । बाग्लुङ समाज जापानको आयोजानमा हुने भएको दोस्रो चैत्राष्टमी मेला को तयारी तिब पारिएको छ । जापानमा रहेका नेपाली समुदायका लागि कलाकारहरुको सांगितिक प्रस्तुती सहितको बिषेश मेला हेर्न पाईने अवसर आउने भएको छ । ऐतिहासिक तथा सांस्कृतिक पर्व चैते दशैको अवसर पारेर बाग्लुङ समाज जापानले दुई दिने “चैत्राष्टमी मेला २०२६” को आयोजना गर्ने भएसगैँँ यस अवसर आउने भएको हो ।
टोकियोस्थित शिवा पार्कमा आयोजना हुने उक्त मेला आगामी मार्च २१ र २२ तारिख हुने भएको हो । बाग्लुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवद्र्धन गर्दै परदेशमा रहेका नेपाली समृदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसगँ परिचित गराउने उदेश्यले चैत्रास्टमी मेला २०२६ को आयोजना गर्न लागिएको र मेलामा प्रवेश निःशुल्क राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
मेलामा विभिन्न चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ भने लोकदोहोरी, भजन, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूले माहोल तताउने अपेक्षा गरिएको छ। यसका साथै, विभिन्न प्रतियोगिताहरुको अवलोकन सहित नेपाली परिकारको स्वाद लिन पाईने ऐतिहासिकता झल्कने बिषेश प्रस्तुती तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी समेत आकर्षणका रूपमा रहनेछन्। जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई उक्त कार्यक्रममा सहभागी भई मेलालाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।