टाेकियाे । जापानको राजधानी टोकियो बाहिर मौसम चिसो भएपनि पत्रकारिता क्षेत्रको निर्वाचनको माहोलले नेपाली समाज भने तातिएको छ । करिब २ लाख पचास हजार जति नेपालीहरुको संस्ख्या रहेको जापानमा नेपाली समाजमा समाचार र सन्देश प्रकाशन तथा प्रशारण गर्दै आएका पत्रकारहरुको एक गर्विलो संस्थाले गर्न लागेको अधिवेशनका कारण जापानमा रहेका नेपाली समुदायमा निकै गरमागरम बढेको हो,
भोली आईतबार नोभेम्बर २३ तारिख नेपाल पत्रकार महासंघ जापान शाखाको छैठौँ अधिवेशन हुदैछ । यस अधिवेशनवाट आगामी तिन बर्षे कार्यकालका लागी नयाँ समिति निर्वाचित हुने भएकाले पनि महासंघमा को को आउने हुन भन्ने चासो व्यापक बढेको देखिन्छ । निर्वाचन समितिले शुक्रवार बेलुका सार्वजनिक गरेको सुचना अनुसार अध्यक्ष लगायत केहि पदहरुमा आबश्यक भन्दा बढिको उम्मेदवारी परेकोले निर्वाचन हुने लगभग पक्का पक्कीनै भएको छ । केहि पदहरुमा भने निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागी बर्तमान उपाध्यक्ष रबिन्द्र श्रेष्ठ र बर्तमान सचिव राजन गौतमको उम्मेदवारी परेको छ त्यसैगरि उपाध्यक्षका लागी गोकर्ण अधिकारी, मनिषा चम्लागाई र बिनोद कुमार सापकोटा, महिला उपाध्यक्षका लागी लक्ष्मी पौडेल र सजिना मोक्तान, सचिवमा अजुर्न लामिछाने र बिश्वास आचार्यको उम्मेदवारी परेको छ । खुल्ला सहसचिव, समावेशी सहसचिव,कोषाध्यक्ष र दलित सदस्यमा भने क्रमश बिष्णु प्रसाद सापकोटा,फुर्वा शेर्पा, भुलबहादुर राना .निशान र निरुता बिकको मात्र उम्मेदवारी परेकोले उनिहरु निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा महासंघको बिधान अनुसार ४ जना आबश्यक परेकोमा ५ जनाको उम्मेदवारी परेको छ । दिनेश थापा,दुर्गा प्र आचार्य, भवानी भट्ट, भुवन भण्डारी र विनोद खनालको उम्मेदवारी परेकोले यसमा पनि मतदान हुने भएको हो । त्यसैगरि समावेशी एक सदस्य र दुई केन्द्रिय परिषद सदस्यमा भने कसैको पनि उम्मेदवारी दर्ता भएको छैन ।