काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि पौडेल अस्पताल भर्ना भएको शीतल निवास स्रोतले जनाएको छ ।
उनी साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएको र परीक्षण जारी रहेको जनाइएको छ ।
राष्ट्रपति चिकित्सकहरुको निगरानीमा उपचाररत रहेको र के भएको भन्नेबारे परीक्षण जारी रहेकाले रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।