×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभा बैठक : आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक : आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् ।

प्रतिकृया दिनुहोस्