×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस संसदीय दलको नेतामा गगन थापाले गराए मनोनयन दर्ता

कांग्रेस संसदीय दलको नेतामा गगन थापाले गराए मनोनयन दर्ता

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । थापाले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

योसँगै अब कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापालाई संसदीय दलको निर्वाचनमा प्रदिप पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माकाे पनि समर्थन रहेकाे छ । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

प्रतिकृया दिनुहोस्