×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड पहिलोपल्ट विश्वकपको फाइनलमा

इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड पहिलोपल्ट विश्वकपको फाइनलमा

एजेन्सी - इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती अबुधाबीमा सम्पन्न  हराउँदै पहिलो पटक आइसिसी टि२० विश्वकपको फाइनलमा पुगेको छ ।

१ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे । डेभोन कानवेले ४६, जेम्स निसामले २७ रन बनाए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहेन ।
इङ्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट हात पारे ।

यसअघि, दुबईको अबुधाबीमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रन जोडे । ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । 
यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे । न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।
उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्