×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

श्रीलङ्कालाई फराकिलो अन्तरले हराउँदै भारत एकदिवसीय विश्वकपको सेमिफाइनलमा

श्रीलङ्कालाई फराकिलो अन्तरले हराउँदै भारत एकदिवसीय विश्वकपको सेमिफाइनलमा

काठमाडौं - एक दिवसीय विश्वकप प्रतियोगितामा आयोजक राष्ट्र भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो । ३५८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा अल आउट हुँदै ५५ रन मात्र बनाउन सक्यो ।


श्रीलंकाका तर्फबाट एन्जेलो म्याथ्युजले १२, महेश तिक्षणाले १२ र कसुन रजिथाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रन बनाएका थिए ।


बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए । योसँगै भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

जारी प्रतियोगितामा ७ खेल खेलेको भारतले सबै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ ।

प्रतिकृया दिनुहोस्