×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टोक्यो ओलम्पिक : चार दशकपछि भारतले जित्यो हक्कीमा पदक

टोक्यो ओलम्पिक : चार दशकपछि भारतले जित्यो हक्कीमा पदक

भारतीय पुरूष हक्की टीमले कांस्य पदक जितेको छ । टीमले ४१ वर्षपछि हक्कीमा पदकको खडेरी अन्त गरेको हो ।

ओलम्पिकअन्तर्गत कांस्य पदकका लागि भएको खेलमा भारतले जर्मनीमाथि ५-४ को जित निकाल्दै पदक जित्यो ।

भारतका लागि सिमरनजीत सिंहले दुई तथा हार्दिक सिंह, हरमप्रित सिंह तथा रूपिंदर पाल सिंहले १-१ गोल गरे ।

भारतले पछिल्लोपटक १९८० मा मस्को ओलम्पिकमा हक्कीमा स्वर्ण पदक जितेको थियो । तत्कालीन हक्की टीमका तीन सदस्यको निधन भइसकेको छ ।

बिहीबारको खेलमा दोस्रो क्वाटरमा ३-१ ले पछि रहेको भारतले आकर्षक पुनरागमन गर्दै ४ गोल गर्‍यो । चौथो क्वाटरमा जर्मनीले एक गोल फर्काएपनि टीमको हार टार्न सकेन ।

जितपछि भारतीय कप्तान मनप्रित सिंहले ओलम्पिकमा खेलाडीले असाध्यै मेहेनत गरेको बताए । उनले सुरुदेखि अन्तिमसम्म राम्रो प्रयास गरेकाले पदक सम्भव भएको बताए ।

प्रतिकृया दिनुहोस्