एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ६ विकेटले हरायो।
बैशाख ५, २०८०काठमाडौं- एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ। टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो। सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए। यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए।
सबै पढ्नुहोस