×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईपीएल क्रिकेटमा हैदराबादलाई ५ रनले हराउँदै कोलकाता विजयी

आईपीएल क्रिकेटमा हैदराबादलाई ५ रनले हराउँदै कोलकाता विजयी

काठमाण्डाै- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ रनले हराउँदै काेलकाता विजयी भएको हो । गएराति भएको खेलमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबाद ८ विकेटको क्षतिमा १६६ रनमै समेटियो ।

हैदराबादका लागि कप्तान एडन मारकरमले सर्वाधिक ४१ रन बनाए । हेनरिक क्लासेनले ३६, अब्दुल सामदले २१, राहुल त्रिपाठीले २० र मयंक अग्रवालले १८ रन बनाए । काेलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले दुई/दुई विकेट लिए भने वरुण चक्रवर्ती, अङ्कुल रोय, अन्द्रे रुसेल र हर्शित रानाले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

काेलकाताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए भने क्याप्टेन नितिश रानाले ४२ रन बनाए । यस्तै, आन्द्रे रुसेलले २४, ज्यासन रोयले २० र अन्कुल रोयले १३ रन जोडे । हैदराबादका लागि मार्काे जनसेन र टी नटराजनले दुई/दुई विकेट लिए भने मयङ्क मरकान्डे, अडिन मारकरम, भुवनेश्वर कुमार र कार्तिक ट्यागीले एक/एक विकेट लिए ।

जितसँगै काेलकाता दश खेलमा चार जित र ६ हारका साथ आठौँ स्थानमा रहेको छ । हैदराबाद ९ खेलमा ३ जित र ६ हारकासाथ अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्