×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाललाई हराउदै पीएनजीले जित्यो टी-२० सिरिजको उपाधि

नेपाललाई हराउदै पीएनजीले जित्यो टी-२० सिरिजको उपाधि

फाल्गुण ३०, २०८०

काठमाडौं - हङकङमा सम्पन्न त्रिदेशीय टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको छ । उपाधि जित्नका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदा ८५ रन मात्र बनाउन सक्यो । नेपालका सन्दीप जोराले १७, आरिफ सेखले १५ र कप्तान रोहीत पौडेलले १२ रन बनाए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए ।

सबै पढ्नुहोस