×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौँ - उच्च अदालतले सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको हो ।

यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानको निर्णयमा छ ।

May be an image of ticket stub, blueprint and text that says ""Sports for Health, Sports for Nation" CAN नेपाल क्रिकेट संघ Cricket Association of Nepal (Full Member Associate Member of ofICc) च.नं. Ref No: ७८२/०८०/०८१ Crassociatton NSC Regd 04 प्रेस रिलिज मिति: २०८१/०२/०२ सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछ्ानेविरुध्ध बलात्कार मुद्दामा निर्दाष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्टिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछा। ल चतुर बहादुर चन्द अध्यक्ष नेपाल क्रिकेट संघ GPO Box Mulpani, Kathmandu, Nepal Tel: 4912042, nfo@cricketnepal.org.np"

प्रतिकृया दिनुहोस्