आइपिएल : पन्जाबलाई हराउदै दिल्ली शिर्ष स्थानमा
बैशाख १९, २०७८एजेन्सी - दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।
सबै पढ्नुहोस