फुटबलर क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्। पोर्चुगलका कप्तान राेनाल्डाे विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका हुन्।
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा एक गोल गरेसँगै जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भंंग गरे। उनले फ्रान्स विरुद्धको गोलसँगै विश्वकप र युरोपकमा गरी संयुक्त २० औं गोल पूरा गरे।
क्लोजले यसअघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै कीर्तिमान बनाएका थिए। जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन्। ३६ वर्षीय रोनाल्डोले युरोकपमा १३ र विश्वकपमा ७ गोल गरेका छन्।
रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन्। ३६ वर्षीय रोनाल्डोको नाममा पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रहेको छ।