झापा गोल्डकप फागुनमा, विजेतालाई १२ लाख ५५ हजार
पुस १८, २०७८विराटनगर- झापा गोल्डकप फागुन २१ गतेदेखि हुने भएको छ । पाँचौँ संस्करण अन्तरगत दुई वर्षपछि झापा गोल्डकप हुन लागेको हो । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने आयोजकले जनाएको छ । गोल्डकप आयोजक समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
सबै पढ्नुहोस