×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका विश्व चर्चित खेलाडीहरुसँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका विश्व चर्चित खेलाडीहरुसँग खेल्दै

काठमाडौं - आइसिसी विश्वकप लिग–२ को तयारीको लागि   श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ ।

कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त-११ सँग खेल्दैछ ।

श्रीलङ्का-११ को टिमबाट राष्ट्रिय टोलीका महत्त्वपूर्ण पूर्व खेलाडी पनि खेल्ने भएकाले आजको खेललाई महत्त्वका साथ हेरिएको छ ।

नेपालसँग खेल्ने श्रीलङ्काको संयुक्त-११ मा उपुल थरङ्गा, थिसारा परेरा, धम्मिका प्रसाद, सिक्कुगे प्रसन्ना, दिलरुवान परेरा, दिलसान मुनाविरा र सन्दुन विराक्कोडी जस्ता पूर्व राष्ट्रिय क्रिकेटर रहेका छन् । नेपालले यसअघि भएका तीन वटै अभ्यास खेल जितेको छ ।

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपाल, पपुवा न्युगिनी र यूएईबीचको श्रृङ्खला आउँदो चैत १ गतेदेखि सुरु हुँदैछ ।

नेपालले चैत २ गते पपुवा न्युगिनीसँग खेल्नेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, कमलसिंह ऐरी,करण केसी, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र विवेक यादव ।

युएई भ्रमणमा नेपालको तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई


नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

अंक तालिका

ओमान २६ खेलमा १६ मा जित र ८ मा हार सहित ३४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १३ खेलमा ६ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

प्रतिकृया दिनुहोस्