×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

ब‌ैशाख १९, २०७८

बुटवल - नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। पोखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए।

सबै पढ्नुहोस