कविता सुनुवार हत्याका आरोपी सार्वजनिक
चैत २३, २०७८उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घरभई जिल्ला उदयपुर बेलका न.पा. ३ बस्ने बिनोद ढकाल र बेलका न.पा. ३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।
सबै पढ्नुहोस