प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै
असार १०, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन्। बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।
सबै पढ्नुहोस