×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बामदेव-ओलीबीच बालकोटमा वार्ता जारी

बामदेव-ओलीबीच बालकोटमा वार्ता जारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक बामदेव गौतमले कम्युनिस्ट नेताहरूसँगको भेटघाटलाई तीब्रता दिएका छन्। मंगलबार पार्टीको घोषणा गरेका गौतमले बुधबारदेखि नेताहरूसँगको भेटघाटलाई तीब्रता दिएका हुन्।

बुधबार केही कम्युनिस्ट नेताहरूसँग भेटघाट गरेका गौतम अहिले नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। वामदेवले घोषणा गरेको पार्टीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार अहिले बालकोटमा वार्ता जारी छ। ‘बामदेव कमरेड सबै कम्युनिस्ट नेतासँगको भेटघाटमा निस्कन थाल्नुभएको हो,’ पाण्डेले मुलुक प्रेससँग भने, ‘हिजो पनि केही नेतासँग गृहकार्य भएको थियो।

अहिले एमाले अध्यक्ष ओलीसँग भेट्न बालकोट जानुभएको छ। वार्ता जारी छ।’ सबै कम्युनिस्ट नेतासँग आगामी ३ महिनासम्म भेटघाट र वार्ताका कार्यक्रम राखिएको उनले जानकारी दिए। नयाँ दल घोषणा गरेलगत्तै गौतमले आगामी ३ महिना एकताका लागि गृहकार्य गर्ने बताएका थिए।

३ महिनासम्म पनि कम्युनिस्ट पार्टी एक हुने सम्भावना नभएका खण्डमा घोषित नयाँ दल दर्ताको प्रक्रियामा अघि बढ्ने उनले बताए। तत्कालिन नेकपा सर्वोच्चको आदेश अनुसार विघटन भएपछि गौतम कुनै पार्टीमा नलागेर एकता अभियानको तयारीमा जुटेका थिए।

प्रतिकृया दिनुहोस्