दाङ ३ मा कोमल वलीको मत घट्दै
मङ्सिर ७, २०७९दाङ- दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । काँग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् । गिरीले ८ हजार चार सय ३५ मत प्राप्त गरेका छन्, भने वलीले ६ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् ।अहिलेसम्म २० हजार ४ सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।
सबै पढ्नुहोस