×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत पाएको लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो। खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर खनालले बताए।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन्।

प्रतिकृया दिनुहोस्