सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोली विश्वासको मत लिने
फाल्गुण २०, २०७९धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ (भोली) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिए ।
सबै पढ्नुहोस