सम्भव नेपालले आरुघाटमा २० घर बनाइदिने
कार्तिक २६, २०७८पोखरा- बाढी-पहिरो र भूकम्पपछि जोखिम मोलेर दैनिकी बिताउँदै आएका गोरखा आरुघाटका विपन्न परिवारलाई सम्भव नेपाल नामक संस्थाले घर बनाइदिने भएको छ । संस्थाले आरुघाटका २० वटा विपन्न परिवारलाई घर बनाइदिन लागेको हो । शुक्रबार गाउँपालिका र सम्भव नेपालबीच घर निर्माणको सम्झौता भएको छ । सोही अवसरमा लाभग्राहीसँग समेत संस्थाले सम्झौता गरेको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।
सबै पढ्नुहोस