स्कटल्यान्डलाई हराउँदै युक्रेन विश्वकप छनोट नजिक
जेठ १९, २०७९काठमाडाैँ- युरोपको विश्वकप छनौट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ । युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए । स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरेका थिए ।
सबै पढ्नुहोस