मोबाइल कलको शुल्क घट्दै ,दूरसञ्चार प्राधिकरणले दियो यस्तो निर्देशन
मङ्सिर ८, २०७८काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले सेवाप्रदायकलाई हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने गरी तयार पारिएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ माघ १ गतेबाट कार्यान्वयन ल्याउन निर्देशन दिने निर्णय गरेको हो ।
सबै पढ्नुहोस