भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल
माघ १२, २०७९काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । बिहीबार ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले पछिल्लो समय भन्सार विन्दुबाट हुने चुहावट बढ्दै गएको उल्लेख गरे । यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै उनले चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताए ।
सबै पढ्नुहोस