×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्री रास्वपाले पाउने सहमति छ : ओली

गृहमन्त्री रास्वपाले पाउने सहमति छ : ओली

काठमाडौँ- सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नै पाउनुपर्ने बताएका छन् । शक्ति बाँडफाँटका क्रममा गृह मन्त्रालय रास्वपालाई दिने सहमति भइसकेकाले अहिले पनि सोही सहमति कायम हुनुपर्ने ओलीको भनाइ छ ।

‘पहिला रविजी गृह मन्त्री हुनुभयो । गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो । अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ बिहीबार विराटनगर विमालस्थलमा सञ्चारकर्मीसँग ओलीले भने ।  

उनले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए । गृह मन्त्रालयका कारण सत्ता साझेदार दलहरूमा खटपट भएको चर्चा हुन थालेको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले गृह मन्त्रीमा रविलाई नै दोहोर्याउन चाहन्छ । प्रधानमन्त्री प्रचण्ड भने उनलाई गृहमन्त्री नदिने अडानमा छ । प्रधानमन्त्रीको अडान कायमै रहेकाले रास्वपा सरकारबाट बाहिरिने आँकलन पनि हुन थालेको छ । 

प्रतिकृया दिनुहोस्