आइपिएलमा बैंगलोरको दोस्रो जित, हैदराबाद ६ रनले पराजित
बैशाख १, २०७८काठमाडौं - रोयल च्यालेन्जर्स बेंगलोर(आरासिबी)ले आइपिएलमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । मनिष पाण्डेले ३९ बलमा २ चौका र २ छक्का सहित ३८ रन बन
सबै पढ्नुहोस