नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समितिको कामबारे जानकारी लिएका छन् । क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल-भारतमैत्री धर्मशाला पुगेर पौडेलले समितिले गरिरहेको कामबारेमा जानकारी लिएका हुन् ।
वरिष्ठ नेता पौडेलले समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए । क्रियाशील छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलकाअनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानबिन समितिको काँधमा रहेको समेत बताएका थिए ।