सुनचाँदीको मूल्य घट्यो
फाल्गुण ९, २०७८नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३०० मा कारोबार भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस