×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ट्राइ-सिरिज टिकटको मूल्य तय

ट्राइ-सिरिज  टिकटको मूल्य तय

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले बैशाख ४ गते देखि ११ गतेसम्म नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० त्रिकोणात्मक सिरिजको टिकट मूल्य निर्धारण गरेको छ ।


क्यानका अनुसार प्रति टिकेट १ सय ५० रुपैयाँ तोकिएको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर रहेको छ । खेल दिउँसो २:१५ देखि ५:१५ सम्म हुने छ । 
सिरिज टियु क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म हुने छ । डबल लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेपालले टियु मैदान कीर्तिपुरमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । 
नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । 
प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ ।

प्रतिकृया दिनुहोस्