×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप क्रिकेटमा भारतको लज्जास्पद हार

विश्वकप क्रिकेटमा भारतको लज्जास्पद हार

काठमाडौं-  भारतले आइसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार  ब्यहोरेको छ । न्युजिल्याण्डसँग आठ विकेटले पराजित भएको भारतको शिर्ष चारमा पुग्ने यात्रामा ठूलो धक्का लागेको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको भारत शुरुदेखि नै दबाबमा आएको थियो । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक २५ रन बनाउँदा निर्धारित ओभरमा ७ विकेट गुमाएर मात्रै ११० रन बनायो ।
 
भारतका लागि इशान किसन र केएल राहुलले ओपनिङ गरेका थिए । ११ रनको स्कोर हुँदा पहिलो विकेट गुमाएको थियो । भारतका इशान किसन ४ रन बनाउँदै आउट भएका थिए । ५.५ ओभरमा ३५ रन भएका बेला दोस्रो विकेट पतन भएको थियो । त्यतिबेला केएल राहुल १८ रन बनाएर आउट भएका थिए । उनले १६ बल फेस गर्दा ३ चौका प्रहार गरे ।

रोहित शर्मा पनि धेरैबेर टिक्न सकेनन् । १४ बलमा १४ रन बनाएका रोहित एक छक्का र एक चौका प्रहार गरेर पभेलियन फर्किए ।

कप्तान विराट कोहली ७ रन बनाएर आउट हुँदा भारतले ४८ रनमा चौथो विकेट गुमाएको थियो । यस्तै १९ बल फेस गरेका ऋषभ पन्तले १२ रन बनाएर आउट भएका थिए ।

यसैगरी हार्दिक पाण्ड्याले २३ रन बनाउँदा भारतले ९० प्लस माथि रन बनाएको थियो । ९४ रन हुँदा पाण्ड्या व्यक्तिगत २३ रन जोडेर आउट भएका थिए । पाण्ड्याले १ चौका मात्र प्रहार गरे ।  सार्दुल ठाकुरले खाता खोल्न सकेनन् भने रविन्द्र जडेजा २६ रनमा नटआउट रहे । जडेजाले नै बनाएको रन नै सर्वाधिक रन रहेको छ । उनले १९ बल फेस गर्दा एक छक्का र २ चौका प्रहार गरेका थिए ।

शुरुदेखि नै भारतमाथि दबाब कायम गर्दा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ तथा इस सोडीले दुई विकेट लिए । यसैगरी टिम साउथी र एडम माइनले एक एक विकेट लिए । 

पहिलो खेलमा चिरप्रतिद्धन्द्धी पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारत न्युजिल्याण्डसँगपनि निरिह बन्यो । भारतले दिएको सामान्य लक्ष्य न्युजिल्याण्डले १४ ओभर तीन बलमा मात्र दुई विकेट गुमाउँदै पुरा गर्यो ।

सामान्य सुरुवात गरेको न्युजिल्याण्डले २४ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर मार्टिन गुप्टिल २० रनमा आउट भए । त्यसपछि डेर्ल मिचेल ४९ रनमा आउट हुँदा न्युजिल्याण्ड बलियो स्थितीमा पुगेको थियो । ९६ रनमा दोस्रो विकेटका रुपमा पेभेलियन फर्किनु अगाडी मिचेलले ३५ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । 

त्यसपछि कप्तान केन विलियम्सन र डेभोन कोनवेले न्युजिल्याण्डलाई जित दिलाए । यो हारपछि भारत अझै अंक तालिकामा खाता खोल्न तल्लिन रहेको छ । न्युजिल्याण्डको पनि प्रतियोगितामा पहिलो जित हो । उसको दुई खेलमा दुई अंक भएको छ । 

अब भारतले सेमिफाइनलमा पुग्नका लागि बाँकी तीनै खेल जित्नुपर्नेछ भने अरु टिमको नतिजामा पनि भरपर्नुपर्नेछ । किनकी पाकिस्तान लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथ सेमिफाइनल नजिक पुगिसकेको छ ।

अफगानिस्तानको पनि तीन खेलमा दुई जितका साथ चार अंक छ । उसले पनि बाँकी तीन खेलमा बढिमा दुई जित निकालेको खण्डमा सेमिफाइनल पुग्नेछ । न्युजिल्याण्ड र नामिबियाको दुई दुई अंक भएको छ । 

अहिलेसम्म भारत र स्कटल्याण्ड अंक विहिनछन । आजको हारले भारतलाई समुहको शिर्ष दुईमा पुग्नका लागि फलामको चिउरा चपाउनु सरह बनेको छ । 

यदि भारत अर्को खेलमा पनि पराजित भएको खण्डमा उसको विश्वकप यात्रा समुह चरणमा नै सकिनेछ । 

प्रतिकृया दिनुहोस्