×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

काठमाडौं-पेरिस ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह 'सी' को छनोट नेपालमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह 'सी' को छनोट नेपालमा हुने जनाएको छ ।
समूह 'सी' मा नेपालसँगै भियतनाम र अफगानिस्तान रहेको छ ।

यस समूहबाट प्यालेस्टाइनले भने नाम फिर्ता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।

पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।

प्रतिकृया दिनुहोस्