×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

काठमाडौँ - नेपाली काग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कांग्रेसको विधानमा कार्यसम्पादन समिति ४६ सदस्यीय हुने भएपनि आज ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । बाँकी ११ जनालार्य पछि मनोनित गर्ने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समितिमा सभापति देउवासहित १३ पदाधिकारी र पूर्व पदाधिकारीलाई पनि समेटिएको छ ।

पदाधिकारीमा सभापति  देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । यस्तै सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, सुनीलबहादुर थापा, डा। शेखर कोइराला, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा। नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् ।

प्रतिकृया दिनुहोस्