×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथसँग आज दुईपक्षीय भेटवार्ता गरेका छन् ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति सिसौलिथबीच आज बिहान भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्दै आएका छन् ।

आजै प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस्