×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उम्मेदवार सिफारिसको विवादले कार्यकर्ताबिच कुटाकुट

उम्मेदवार सिफारिसको विवादले कार्यकर्ताबिच कुटाकुट

जनकपुरधाम- उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का काँग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन ।

उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएको धनुषा काँग्रेसका एक नेताले बताए । सामाजिक सन्जालमा सेयर गरिएको झडपको एक भिडियोमा कार्यकर्ताहरुले एकअर्कामाथि लाठी, छाता र मुक्का प्रहार गरेको देखिन्छ

प्रतिकृया दिनुहोस्